Published Article
Free Eye Surgery Camp in Kyang, Parbat
पोखरा, १७ फागुन
पर्वतको क्याङ गाविसमा गत बुधबार सम्पन्न भएको एक दिने निःशुल्क आँखा शिविरमा आँखा जाँच गराएका १५ जना आँखाका रोगीहरूको हिमालय आँखा अस्पताल, पोखरामा सफल शल्यक्रिया गरिएको छ ।
मिलन फाउण्डेशन नेपालको मुख्य व्यवस्थापन तथा लायन्स क्लब अफ पर्वत मोदीकालीको आयोजनामा भएको सो आँखा शिविरमा आएका आँखाका बिरामीमध्ये १५ जनाको आँखा शल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।
नेपालको ग्रामीण क्षेत्रका शिक्षा, खेलकुद तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था मिलन फाउण्डेशन नेपालको उक्त कार्यक्रममा पर्वतका बाजुङ र क्याङ गाविसका २ सय जनाले आँखा परीक्षण गराएका थिए । शिविरमा आँखा जाँच गराएकामध्ये ५७ जनालाई चस्मा र १ सय ५३ जनालाई औषधी वितरण गरिएको थियो भने १५ जनालाई पोखराको हिमालय आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।
साथै, बाजुङ फलाल्ने तमु समाज पोखराका पदाधिकारीहरूले सबै बिरामीहरूलाई फलफूल वितरण गरेका थिए भने बाजुङ पोखरा सम्पर्क सेवा समितिले यातायातको व्यवस्थापन गरेको थियो ।
मिलन फाउण्डेशन नेपालका अध्यक्ष गड्डा गुरुङ, सदस्य तथा समाजसेवी गौरी गुरुङ र समाजसेवी तथा मिलन फाउण्डेशन नेपालका सल्लहकार मिन गुरुङको विशेष उपस्थितिमा थप औषधी र चस्मा वितरण गरिएको थियो ।
आँखाको शल्यक्रिया गराएका कुमारी पुनले मिलन फाउण्डेशन नेपालको यो महŒवपूर्ण सहयोगले आफूले फेरि संसार देख्न पाएकोमा भाग्यमानी ठानेको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा वरिष्ठ समाजसेवी दुर्गा कोन्मे गुरुङले गर्नुभएको उदाहरणीय मानवीय सहयोगका निम्ति धन्यवाद व्यक्त गर्नुभयो ।
पर्वतको बाजुङ स्थायी घर भएका दुर्गा गुरुङ हाल हङकङका बसेर पनि आफ्नो देशको विभिन्न सामाजिक, शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समाजसेवी गुरुङले गत वर्ष बाजुङ गाविसमा आँखा शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्नुभएको थियो र २० जनाले आँखा शल्यक्रिया गरेका थिए ।
मिलन फाउण्डेशनले केही महिनाअघि पाल्पाको फोक्सिङकोटस्थित एक विद्यालयमा अध्ययनर विद्यार्थीहरूलाई करिब डेढ लाख रुपैयाँ बराबरको स्वीटर वितरण गरेको थियो । आगामी दिनमा समेत देशका ग्रामीण क्षेत्रमा अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने योजना रहेको फाउण्डेशनका सीईओ दुर्गा कोन्मे गुरुङले जानकारी दिनुभएको छ ।
Recent News
कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न ।कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको...
Read More »Our Programme
पाल्पाको फोक्सिङकोटमा समाजसेवी गुरुङ सम्मानितफोक्सिङकोट (पाल्पा), १९ असोज ।
दुर्गा गुरुङ ‘मिलन’...
Read More »



