Programme
मिलन गुरुङको ५९औँ जन्मदिनमा बाजुङमा कृषि तथा पशुपक्षी प्रदर्शनी सम्पन्न
मिलन फाउन्डेसन नेपालका संरक्षक तथा सामाजिक अभियन्ता दुर्गा गुरुङ ‘मिलन’ को ५९औँ जन्मदिनको अवसर पारेर पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा कृषि तथा पशुपक्षी प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम २०८२ आयोजना गरिएको छ।
हङकङमा बसोबास गर्दै आए पनि गुरुङले आफ्नो जन्मदिनलाई समाजसेवामा समर्पित गर्दै हरेक वर्षजस्तै यसपटक पनि कृषकहरूलाई केन्द्रमा राखी कार्यक्रम सञ्चालन गरेका हुन्। उनले कृषि र पशुपालन क्षेत्रमा सक्रिय कृषकहरूलाई प्रोत्साहन गर्न मेला आयोजना गरी उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मान गरेका छन्।
कार्यक्रममा गुरुङ प्रत्यक्ष सहभागी हुन नसके पनि वडाध्यक्ष मान बहादुर अधिकारी, फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङ, संस्थाका अन्य पदाधिकारी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ‘सेवा नै मानव धर्म हो’ भन्ने सन्देश बोकेको फाउन्डेसनले कृषि क्षेत्रको प्रवर्द्धनका लागि मेला आयोजना गरेको जनाएको छ।
मेलामा २४ वटा समूह तथा कृषि–पशुपक्षी फार्महरूको सहभागिता रहेको थियो। जसमा खँदराका कृष्ण बहादुर चापागाईँको चापागाईँ कृषि तथा पशुपक्षी फार्म प्रथम बनेको थियो । त्यसैगरी, अम्बोटका कृष्णबहादुर सुवेदीको कृष्ण एकीकृत कृषि फार्म दोस्रो, सेलुकीकी मिनादेवी दर्जीको आधुनिक बाख्रा फार्म तेस्रो र मिलन किवी फार्म सान्त्वना स्थानमा परेको हो।
विजयी कृषकहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। साथै, सहभागी सबै फार्मलाई प्रोत्साहनस्वरूप प्रतिफार्म दुई हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको थियो।
गुरुङले कृषि क्षेत्र नै ग्रामीण विकासको मुख्य आधार भएको उल्लेख गर्दै यसबाट नै देश आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरेका छन्। कृषिमा लागेका व्यक्तिहरूलाई सहयोग र हौसला दिन आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।
Recent News
कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न ।कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको...
Read More »Our Programme
मिलन गुरुङको ५९औँ जन्मदिनमा बाजुङमा कृषि तथा पशुपक्षी प्रदर्शनी सम्पन्नमिलन फाउन्डेसन नेपालका संरक्षक तथा सामाजिक अभियन्ता दुर्गा गुरुङ...
Read More »


