Programme
पाल्पाको फोक्सिङकोटमा समाजसेवी गुरुङ सम्मानित
फोक्सिङकोट (पाल्पा), १९ असोज ।
दुर्गा गुरुङ ‘मिलन’ पाल्पाको फोक्सिङकोट(२, सुम्सढांडामा सम्मानित हुनुभएको छ । समाजसेवी गुरुङलाई महेन्द्र मावि, फोक्सिङकोट निम्न माध्यमिक विद्यालय तथा मिलन पुस्तकालयले विद्यालय र पुस्तकालयको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रममा सम्मान गरेको हो ।
समाजसेवी गुरुङलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री महेन्द्र सिंजाली, प्रधानाध्यापक दलबहादुर सुनारी र मिलन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष दुर्गाबहादुर सिंजालीले समाजसेवामा समर्पित गुरुङको प्रशंसा गर्दै भन्नुभयो, “समाजका लागि यस्ता व्यक्तिहरु प्रेरणाका स्रोत हुन्।”यसैगरी, विद्यालयमा आयोजित कार्यक्रममा मिलन फाउन्डेशनले पुस्तक तथा पत्रपत्रिका
सहयोग गरेको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले समाजसेवी गुरुङको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
Recent News
कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न ।कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको...
Read More »Our Programme
पाल्पाको फोक्सिङकोटमा समाजसेवी गुरुङ सम्मानितफोक्सिङकोट (पाल्पा), १९ असोज ।
दुर्गा गुरुङ ‘मिलन’...
Read More »


