Programme

बाजुङको कोट मन्दिरमा दुर्गा भवानीको मूर्ति स्थापना

पर्वत जिल्लाको बाजुङ–७ स्थित ऐतिहासिक कोट मन्दिरमा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ। समाजसेवी दुर्ग गुरुङ ‘मिलन’ को पहल तथा सहयोगमा स्थापना गरिएको उक्त मूर्ति एकै ढुङ्गाबाट बाघसहित निर्माण गरिएको बताइएको छ।

स्वर्गीय नरबहादुर गुरुङको स्मृतिमा करिब एक लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको मूर्ति विशेष कार्यक्रमका बीच मन्दिर परिसरमा स्थापना गरिएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले बाजुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान भएकाले यसको संरक्षण र विकासमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताएका छन्। साथै, समाजसेवी गुरुङले विदेशमा कमाएको रकम सामाजिक तथा धार्मिक कार्यमा लगानी गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

© 2017-2024 Milan Foundation Nepal. All Rights Reserved.
Tel.: +977-067-420986 | Email: info@milanfoundationnepal.org
Find us on Facebook Follow us on Twitter Watch videos on YouTube