Programme
मिलन फाउण्डेशन नेपाल द्वारा खानेपानी पाइप सहयोग
स्थानीय समुदायमा स्वच्छ तथा सहज खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यले मिलन फाउण्डेशन नेपाल को सहयोगमा वडा नं. ५ अन्तर्गत बाजुङ फलाल्ने तथा छापा क्षेत्रमा खानेपानी पाइप उपलब्ध गराइएको छ।
संस्थाको संरक्षक दुर्गा गुरुङ मिलन को विशेष पहल तथा समन्वयमा करिब ३,००० मिटर खानेपानी पाइप हस्तान्तरण गरिएको हो। सहयोग स्वरूप ३२ एमएम, २५ एमएम तथा २० एमएम व्यासका पाइपहरू उपलब्ध गराइएका छन्, जसबाट स्थानीय खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
उक्त सहयोगले क्षेत्रका नागरिकहरूको स्वच्छ खानेपानीमा पहुँच अभिवृद्धि गर्नुका साथै दैनिक जीवनलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। मिलन फाउण्डेशन नेपालले समुदायको आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएको छ।
संस्थाले आगामी दिनहरूमा पनि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँग सहकार्य गर्दै दिगो विकास र जनकल्याणका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Recent News
कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न ।कुश्मा, पर्वतमा २०८२ जेठ ८ मा रक्त समूह परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको...
Read More »Our Programme
मिलन फाउण्डेशन नेपाल द्वारा आपतकालिन राहत सहयोग
बाजुङ — भूकम्पबाट प्रभावित बाजुङ क्षेत्रमा मिलन फाउण्डेशन...
Read More »


