Programme

जिफानको संस्थागत विकासमा दुर्गा गुरुङ ‘मिलन’को योगदान

पोखरा ।

गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को जग्गा खरिद तथा भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले मिलन फाउण्डेशन नेपालका संरक्षक तथा वरिष्ठ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले रु. ५ लाख ५ हजार ५ सय ५५ सहयोग गर्नुभएको छ।

समाजसेवी गुरुङको आमा सावित्री गुरुङ ले उक्त सहयोग रकम जिफानका अध्यक्ष राजबहादुर गुरुङ ‘राजेश’, उपाध्यक्ष अर्जुन गुरुङ र कोषाध्यक्ष इन्द्रमाया गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
हाल हङकङमा कार्यरत वरिष्ठ समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ सामाजिक सेवासँगै गुरुङ चलचित्र क्षेत्रको विकासमा समेत सक्रिय हुनुहुन्छ । उहाँ गुरुङ जातिको पुख्र्यौली पेशामा आधारित चलचित्र ‘भेडी गोठाले’ र बलेनी का निर्माता समेत हुनुहुन्छ।
गुरुङले स्वदेशमा शिक्षा, स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ । विभिन्न विद्यालय तथा संघसंस्थामा अक्षयकोष स्थापना गर्नुका साथै सामाजिक तथा सामुदायिक क्षेत्रमा उहाँले उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएको छ।
जिफानले पोखरा–१४, रातोडाँडा, चाउथेमा जग्गा खरिद गरी अस्थायी घर निर्माण गरिसकेको छ। भवन निर्माण तथा संस्थागत पूर्वाधार विकासका लागि प्राप्त सहयोगले महत्वपूर्ण योगदान पुग्ने जिफानले जनाएको छ ।

© 2017-2024 Milan Foundation Nepal. All Rights Reserved.
Tel.: +977-067-420986 | Email: info@milanfoundationnepal.org
Find us on Facebook Follow us on Twitter Watch videos on YouTube