Programme

गुरुङ परिवारद्वारा रु. ३ लाख ५ हजारको अक्षयकोष स्थापना


फलाल्ने,पर्वत।

श्री सिद्धार्थ प्रा.वि. छापा फलाल्नेले  मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ मिलनको ममतामयी आमा तथा संस्थाकी अध्यक्ष गंगा कुमारी गुरुङकी सासूआमा सावित्री गुरुङलाई सम्मान गरेको छ ।

विद्यालयप्रतिको माया, सद्भाव र सहयोगलाई निरन्तरता दिँदै गुरुङ परिवारले विद्यालयमा रु. ३ लाख ५ हजारको अक्षयकोष समेत स्थापना गरेको छ । उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक गतिविधि तथा विद्यार्थीको हितमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले सम्मान तथा अक्षयकोष स्थापनाका लागि गुरुङ परिवारप्रति आभार व्यक्त गरेको छ।

© 2017-2024 Milan Foundation Nepal. All Rights Reserved.
Tel.: +977-067-420986 | Email: info@milanfoundationnepal.org
Find us on Facebook Follow us on Twitter Watch videos on YouTube